अनलाइन मिडियाहरु मध्ये काठखबर सबैभन्दा महँगो लगानीमा निःशुल्क सांगीतिक कार्यक्रम गर्न सफल
काठ मिडिया प्रा.लिले महँगो लगानीमा निःशुल्क सांगीतिक कार्यक्रम गर्न सफल भएको छ । सत्य, तथ्य र सन्तुलित पत्रकारिताको सिद्धान्त अनुरुप अघि बढेको काठखबर मिडियाले जनाएको छ । काठखबरले सही सूचना दिनु आफ्नो, कर्तव्यलाई यथास्थानमा राखी आफ्ना प्रयोगकर्ता तथा नयाँ प्रयोगकर्ताहरुलाई मिडियाको बारेमा जानकारी होस् भनेर सांगीतिक कार्यक्रम गरेको यसका सञ्चालकहरुले बताएका छन् । हामीहरुलाई कोभिड १९ महामारीको कारण भएको तनाव हटोस् भन्ने उद्देश्यका साथ सो कार्यक्रम गर्नु भएको हो ।
कार्यक्रममा बरिष्ठ हास्य कलाकार तथा समाजसेवी किरण केसी (राता मकै), सुरेन्द्र केसी (मुला साग) को प्रस्तुति दिनु भएको थियो । तथा ‘पञ्चामृत ब्याण्ड’, ‘द जेन्टलम्यान व्याण्ड, ‘टु गनस्लिंगर्स ब्याण्ड’, ‘द ब्ल्याक हक’, सहितका कलाकारहरुले आ–आफनो प्रस्तुति दिनु भयो । यस्तै देवेन्द्रमान सिंह, टिका प्रसाई, नरेश बुढाथोकी, सप्तक दुतराज, लक्ष्मण निरौला र म्युजिकस्लेभ सहित चर्चित कलाकारहरुको प्रस्तुतिमा हजारौं दर्शकहरुले मनोरञ्जन गर्नु भएको थियो ।
सांगीतिक कार्यक्रममार्फत् आफूहरुको मुहारमा थप मुस्कान ल्याउन काठखबर सफल भएको सहभागीहरुले बताएका छन् । महामारीको कारण सांगीतिक कार्यक्रम हुन नसक्दा हामीहरुले मनोरञ्जन लिन सकिरहेका थिएनौं । काठखबरले गरेको यो सांगीतिक कार्यक्रम आफूहरु जीवनभर सम्झिरहने उनीहरुको भनाई छ ।
सांगीतिक कार्यक्रमका साथै पाँच तारे होटलको स्वादमा ‘टर्की टेस्ट मेला’ समेत आयोजकले गरेका थिए । कार्यक्रमको मुख्य आर्कषणकोरुपमा पाँच तारे होटलको स्वादमा टर्कीको फुुड स्टल समेत रहेको थियो । सडकमा नै पाँचतारे होटलको स्वादमा टर्कीको परिकार खान पाउँदा मासु पारखीहरु मख्ख रहनुभएको देखिन्थ्यो । किसान र किसानहरुले गरेको उत्पादनलाई सम्मान गर्नुपर्छ, किसानहरुको कृषिको लागि प्रोत्साहन गर्नुपर्छ, आफ्नै खेतबारी, पाखाहरुमा उत्पादन भएका सागसब्जी, खाद्यान्न र पशुजन्य वस्तुहरुको उपभोग गर्नुपर्छ भन्ने सन्देश सहित उक्त कार्यक्रममा टर्की टेस्ट मेला पनि आयोजना गरिएको काठ मिडिया प्रालिका प्रर्वन्ध निर्देशक बिमलकुमार केसीले जानकारी दिनुुभयो । कार्यक्रममा सहभागीहरु निकै नै चासो लिएर टर्की टेस्ट मेलामा सहभागी भएको जानकारी समेत उहाँले दिनुुभयो ।
तिहारको समयमा गरिएको सो कार्यक्रमको चर्चा हालसम्म भइरहेको छ । यस्तो निःशुल्क सांगीतिक कार्यक्रम नेपालमा हालसम्म भएको पाइदैन ।