काठमाडौं– हेटौंडाकी एलिना पुरीले ‘स्टार अफ द मिलिनियम–२०२१’ को उपाधि जितेकी छिन् । पुरीले बेष्ट ट्यालेन्ट तथा भ्युअर च्वाइसजस्ता दुई शीर्ष उपाधि पनि जितिन् । राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ग्राण्ड फिनालेमा पारु श्रेष्ठले फष्ट रनर्सअप तथा आरती राईले सेकेन्ड रनर्सको उपाधि जिते ।पारुले इनर्जेटिक र आरतीले बेस्ट वाकको उपाधि समेत हात पारे । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा प्रतियोगितामा गायिका सत्यकला राई, गीतकार तथा कवियत्री निलिमा मास्के श्रेष्ठ, पत्रकार कुबेर गिरी, एनआरएन युकेका उपाध्यक्ष रोजिना प्रधान राई, व्यवसायी बिनिता बस्नेत, मेकअप आर्टिस गीता शाह लगायत निर्णायक रहेका थिए ।