अभिनेता स्वर्गिय श्री कृष्ण श्रेष्ठ र बिनोद श्रेष्ठ भिड्दै, ‘कि एण्ड का’ पनि

हरेक साता नेपाली फिल्महरु प्रदर्शनमा आउने गर्दछन् । यो साता पनि दुई वटा नेपाली फिल्महरु ‘जन्मभुमी’ र ‘ईन्द्रावति’ दर्शकमाझ प्रदर्शनमा आएका छन् । साथै बलिउड फिल्म ‘कि एण्ड का’ पनि यसै साताबाट दर्शकमाझ प्रदर्शनमा आएको छ । राष्ट्रियता झल्काउने फिल्म ‘जन्मभुमी’ लाई मोहन निरौलाले निर्देशन गरेका छन् । फिल्म ‘जन्मभुमी’ले बर्तमान समयमा बिदेशीहरुले नेपाललाई कसरी थिचोमिचो गरीरहेका छन् भन्ने कुरालाई पर्दामा देखाएको छ । त्यस्तै फिल्म ‘जन्मभुमी’मा देश निर्माणको लागि नारीले खेल्न सक्ने शसक्त्त भुमिकालाई पनि प्रस्तुत गरीएको छ । ‘जन्मभुमी’ फिल्मलाई सुरज गीरीले निर्माण गरेका हुन् । जन्मभुमीको कर्तब्यलाई पर्दामा प्रस्तुत गरेको फिल्म ‘जन्मभुमी’ मा बिनोद श्रेष्ठ, अनु शाह, निस्मा घिमिरे, केशब भट्टराई, ओम प्रतिक लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई एस.पि.ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको छ ।
फिल्म ‘जन्मभुमी’को निर्माण टोलीले रिलीज पुर्ब आफ्नो अतिथिहरुलाई बिश्व ज्योति हलमा च्यारिटी शो पनि गरेको थियो । उक्त च्यारिटी शो ले राम्रो प्रुतिकृया पनि पाएको छ । च्यारीटी हेरीसकेपछि अतिथिहरुले फिल्म समय सापेक्ष र राष्ट्रियता झल्काउने प्रतिकृया दिएका थिए ।
दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठको अन्तिम रिलीज फिल्म ‘ईन्द्रावति’ पनि यसै साताबाट सम्पुर्ण नेपाली दर्शकमाझ प्रदर्शनमा आएको छ । ‘ईन्द्रावति’ फिल्म टेलि श्रृङखला निरन्तर बगिरहन्छ ईन्द्रावतीको अन्तिम श्रृङखलाको रुपमा रहेको छ । फिल्ममा स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठ, बिपना थापा, रजनी राना, उपेन्द्र तिमल्सीना, जयन्नाथ चन्द ठाकुर, बिष्णु भक्त फुँयाल लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । ‘ईन्द्रावति’ फिल्मलाई बद्रि अधिकारीले निर्देशन गरेका छन् ।
‘ईन्द्रावति’ फिल्मका निर्माण पक्षले निरन्तर बगिरहन्छ ईन्द्रावती टेलिश्रृङखला १५ बर्ष पुगेको अवसरमा कार्यक्रमको आयोजना गरेर ‘ईन्द्रावति’ टिमलाई सम्मान पनि गरेको छ । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथिको रुपमा सुचना तथा सञ्चार मन्त्री शेर धन राई थिए । स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठको ‘ईन्द्रावति’ फिल्म अन्तिम रिलीज फिल्म रहेको छ । उनिबाट अन्तिम अभिनित फिल्म भने कोहिनुर रहेको थियो । कोहिनुर फिल्मले गत बर्ष बक्स अफिसमा नया किर्तिमान राखेको थियो ।
यसै साता बाट बलिउड फिल्म ‘कि एण्ड का’ पनि प्रदर्शनमा आएको छ । ‘कि एण्ड का’ फिल्मलाई आर बल्किले निर्देशन गरेका छन् । रोमान्टिक कमेडि ड्रामा रहेको फिल्म ‘कि एण्ड का’मा अर्जुन कपुर र करीना कपुर खानको लीड रोल रहेको छ । ‘कि एण्ड का’ फिल्मको स्कृप्टका साथै निर्माण पनि निर्देशक आर बल्किले नै गरेका छन् ।