भरतको ‘वैशमा’,जवानीको ‘नोस्टालजिया’ (भिडियो)

मान्छे जवान हुन्छ अनि बुढो पनि। उमेरको जोस र रस उमेर ढल्किएपछि बन्छन मिठो सम्झना । यस्तै सम्झनाको वर्णन गरिएको गायक भरत सिटौलाको ‘वैश’मा बोलको गीतको भिडियो रिलिज भएको छ। गीतको लेखन र संगीत गायक सिटौलाले नै तयार गरेका हुन्।
भिडियोमा उनले नायिका वर्षा शिवाकोटीसँग अभिनय पनि गरेका छन्। भिडियोका निर्देशक विभोर पोखरेल हुन्।