यस्तो देखिए सलमान ‘सुल्तान’

सलमान खानको प्रतिक्षित फिल्म ‘सुल्तान’ को पहिलो पोस्टर अन्तत: सार्वजनिक भएको छ। ट्विटरबाट फिल्मको पहिलो पोस्टर रिलिज गरिएको हो। पोस्टरमा सलमानको कुस्ती पोज दिइरहेका देखिन्छ। उनले आफ्नो शरिर लगौटी मात्र बेरेका छन्।अलि अब्बास जाफरको निर्देशकिय डेब्यू फिल्ममा सलमानसँगै अनुष्का शर्मा मुख्य भूमिकामा रहेकी छिन्।
फिल्म कुस्तीबाजको जीवनीमा आधारित रहेको छ। फिल्म यसै वर्ष इदमा रिलिज हुनेछ। सोहि मितिमा शाहरुख खानको ‘रईश’ पनि लाग्ने बताउँदै आइएको छ।