चम्किलो तारा बन्दै बाल गायिका साम्राज्ञी मल्ल (भिडियो)

‘बुद्ध हिँड्ने बाटो हाम्लाई हिँडाइदेउ न, शान्ति के हो बाबा हाम्लाई चिनाइदेउ न’ साङ्गीतिक नक्षत्रमा आफुलार्इ अब्बल बनाउन कोसिसरत नाम हो साम्राज्ञी मल्ल । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् साम्राज्ञी मल्ल जादुमय आवाजको धनि गायिका मल्ल संगीतलार्इ सरस्वतिको प्रसाद ठान्छिन् ।
राष्ट्रिय गीत गाएर शान्तिको सन्देश दिँदै अगाडी बढ्दै छिन बाल गायिका मल्ल । मेरीडीयन इन्टरनेसनल स्कुल बालुवाटारमा कक्षा ७ मा पढने साम्राज्ञी मल्ल भर्खर १० वर्ष मात्र लागिन् । चार वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थालेकी साम्रज्ञीको प्रतिभाले अहिले आएर नेपाली साङ्गीतिक क्षेत्रमा कमाल देखाउन थालेको छ ।
शास्त्रीयदेखि आधुनिक, लोक र भजन गीतसम्म गाउन सक्ने साम्राज्ञीले हालै ‘बुद्ध हिँड्ने बाटो’ नामक एल्बम पनि बजारमा ल्याएकी छन् । सानै उमेरदेखि शास्त्रीय संगीतको अध्ययनमा लागेकी साम्राज्ञी भविश्यमा चर्चित गायिका बन्न चाहन्छिन् ।आफू गायन क्षेत्रमा प्रवेश गर्नुको श्रेय आफ्नो हजुरबुबालार्इ दिने बाल गायिका साम्राज्ञी मल्ल हजुरबुबाका गीत सुनेर साङ्गीतिक क्षेत्र प्रवेश गरेकी हुन्