न्युयोर्कका दर्शक माझमा ‘जिन्दगी रक्स’ हेर्न नायिका बिष्ट तथा नायक तुलाधर

न्युयोर्कमा गत मे २२ तारिख हरेक वर्गका मानिसहरुको जीवनको यात्रालाई परिकल्पना गर्दै तयार पारिएको नेपाली चलचित्र ‘जिन्दगी रक्स’ प्रदर्शन गरिएको छ ।
उक्त चलचित्रको अवलोकन पश्च्यात न्यूयोर्कमा रहेका नेपाली दर्शकले राम्रो सकारात्मक प्रतिक्रिया दिँदै राम्रो चलचित्र लागेको बताएका छन् ।
चलचित्रमा अकेशा बिष्ट, सौरम राज तुलाधर, प्रक्रिती श्रेष्ठ, सोनम पाह्रिन, बिक्की पुलामी, मकन राइ, रिचा शर्मा ,राजेन्द्र खड्की तथा बिनोद मैनालीको मुख्य भूमिका रहेको छ । निकेश खड्काको निर्देशन तथा निर्माता विरेन्द्र राज तुलाधर तथा सुजाता श्रेष्ठको संयुक्त हातेमाले रहेको छ ।चलचित्र नायिका अकेशा बिष्ट पत्रकारिता विषयमा न्युयोर्कमा अध्ययनरत छिन भने उक्त चलचित्रका नायक सौरम राज तुलाधर पनि अभिनयको लागि न्युयोर्क मै अध्यनरत छन् ।
नायिका अकेशा बिष्ट तथा नायक सौरम राज तुलाधरले विदेशमा त्यस्मा पनि न्युयोर्कमा आफूले अभिनय गरेको चलचित्र प्रदर्शन गर्नु र नेपाली दर्शक माझसँगै हेर्न पाउनु हाम्रो लागि सौभाग्य हो भने । हामीले अभिनय गर्ने हो तर दर्शकले चलचित्रलाई मुल्यांकन गर्ने हो भन्दै दर्शकले राम्रो भनि दिएकोले हामी निकै उत्साहित भएको नायक तुलाधर तथा नायिका बिष्टले एकै स्वरमा बताए ।
नेपालमा प्रदर्सन भईसकेको चलचित्र ‘जिन्दगी रक्स’ ले नेपालीहरुको उत्साह्जनक समर्थन र प्रशंसा पाएको थियो । नेपालमा राम्रो चर्चा बटुलेको कारण न्यूयोर्कमा उक्त चलचित्रको माग भएकोले प्रदर्शन गरिएको हो ।कलाकारहरु नायिका बिष्ट तथा नायक तुलाधरको साथै बिक्की पुलामी पनि न्यूयोर्क आइपुगेका छन् । मे २२ २०१६ आईतवार न्यूयोर्कको ह्योल्मो सामुदायिक चलचित्र मन्दिरमा प्रदर्सन गरिएको चलचित्रमा न्यूयोर्कमा बस्ने नेपालीहरुको बाक्लो उपस्थितीले नेपालबाट आएका कलाकार र आयोजक सैलेश श्रेष्ठ निकै उत्साहित भएका छन् ।