हन्टी नन्टी अनुपम श्रेष्ठ को सुन्दर पहिरनको ड्रेस डिजाइनमा रहेको म त तिम्रै हुँ’ को टाइटल गीत रिलिज
‘करोडपति’ ,’नेपाली बाबु’ ,’म तिमि बिना मरिहाल्छु’ जस्ता सफल चलचित्र निर्माण तथा अभिनय गर्नु भएकी अभिनेत्री सुस्मिता केसीले निर्माण गर्नु भएको नया चलचित्र ‘म त तिम्रै हुँ’ को टाइटल गीत रिलिज गरिएको छ। ’म तिमि बिना मरिहाल्छु’निर्माणको सात बर्ष पछि सुस्मिताले निर्माण गरेको चलचित्र श्रावण ७ गते बाट देशभर प्रदर्शनमा आउदै छ । रिलिज गरिएको टाइटल गीत ‘म त तिम्रै हुँ’मा शब्द तथा सगीत हर्कुलिस बस्नेतको रहेको छ भने गीतमा आवाज संगीतकार बस्नेत र निखिता थापाको रहेको छ । पाल्पाको रमणीय क्षेत्र , पाल्पा दरबार ,चितवन ,मकानपुरको मकानपुर गढी लगायतको ठाउमा छायांकन गरिएको यस गीतलाई नूत्य निर्देशक कविराज गहतराजले निकै सुन्दर तरिकाले नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई फिचरिंग गरेका छन् । हन्टी नन्टी अनुपम श्रेष्ठ को सुन्दर पहिरनको ड्रेस डिजाइनमा रहेको उक्त चलचित्रको सार्वजनिक गीतले छिट्टै दर्शक तथा स्रोतको मनमा जित्ने खालको रहेको छ ।अहिलेका स्टार नायक अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त तिम्रै हुँ’लाई श्रीराम महतले निर्देशन गरेका हुन् ।चलचित्रमा आकाश र ज्योत्सनाको अलावा सुस्मिता केसी सुशिल काफ्ले,, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य अभिनय रहेको छ ।फिल्ममा सौरभ लामाको छायांकन,हिमाल केसीको द्वन्द्व निर्देशन,बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । सुस्मिता केसीको कथा रहेको यस चलचित्रमा सुवास थापाको समेत लगानी रहेको छ ।