निर्माता संघबाट तीनकाे राजिनामा

चलचित्र निर्माता संघबाट तीन फिल्म निर्माताले राजिनामा दिने घोषणा गरेका छन्। उपाध्यक्ष उदय सुब्बासहित सदस्यहरु डिक खड्का र गोविन्द शाहीले राजिनामा दिने जनाएका हुन्।
तीन निर्माताले संयुक्त रुपमा पेश गरेको राजिनामा पत्रमा तीन वर्षदेखि संघ दर्ता नभएको, निर्माता विचलित भई संघ फुटको संघारमा पुग्दा आफूहरुले मध्यस्तकर्ताको भूमिका निभाउँदा पनि संघ मौन रहेकोले राजिनामा दिएको जनाइएको छ। ‘संघ आफैं आर्थिक हिनामिनामा फसेको छ, ’ पत्रमा लेखिएको छ, ‘र, गत वैशाखदेखि संघको समयावधि सकिइसकेकोले अवैधानिक संघमा बस्न नैतिकताले नदिने भएकाले राजिनामा दिएका छौं।’