गायक सिद्धान्त अलिको आवाजमा ढुंगा बोल्ला बरु तिमी बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । अहिलेका व्यस्त निर्देशक राजिव के. श्रेष्ठ निर्देशित यस भिडियोमा निकै चर्चित नायीका एवं व्युटिफुल मोडल वर्षा राउतको अभिनयलाई देख्न सकिन्छ भने उनलाई सुआन श्रेष्ठले साथ दिएका छन् । अमृत सुनुवारको छायांकनमा तयार भिडियोमा कोरियोग्राफी भने भुवन लामाको रहेको छ ।