‘भद्रगोल’ टोली पनि चलचित्र निर्माणमा कस्सिए : सफल होला त ?
तीतो सत्य, मेरी बास्सै, जिरे खुर्सानीका हास्यकलाकारहरु मिलेर ६ एकान ६, वडा नम्बर ६ र छक्का पन्जा जस्ता निकै हिट हिट चलचित्रहरु दिएका छन । चलचित्र छक्का पन्जा त आज बाट चौथो हप्तामा प्रबेश समेत गरिसकेको छ । टेलिभिजनको त्यो सानो पर्दा बाट धेरै दर्शक बटुल्न सफल भएको हास्यकलाकारको यो जम्बो टोलीले हलमा हप्तौंसम्म ठूलै भीड जम्मा गराइराखेको छ।
छोटो समयमा नै दर्सकको मन जित्न सफल अर्को एउटा टेलीश्रृंखला ‘भद्रगोल’को टोली पनि चलचित्र निर्माणमा कस्सिएको देखिन्छ । भद्रगोलका तिन कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ र हरिश निरौला ‘कक्रोज’ मिलेर बनाउन लागेका यो चलचित्रको कथा समेत तिनैले लेखिरहेका छन् ।
तिहारपछि कथासार, शीर्षक, अभिनेता,अभिनेत्री, निर्देशक सार्वजनिक हुने र यही बर्षमा चलचित्र बनाइसक्ने कलाकार कुमार कट्टेल ‘जिग्री’को भनाइ छ । तीतो सत्य, मेरी बास्सै, जिरे खुर्सानीका हास्यकलाकारहरु मिलेर बनाएको चलचित्रमा आफुहरुले स्थान नपाएर चलचित्र निर्माण गर्न लगेको होकी भन्ने प्रश्न अहिले दर्सक माझ्मा उठेको देखिन्छ ।
गाउँ र सहरको सामाजिक विषयवस्तुमा बन्ने चलचित्र हास्यप्रधान हुने बताइन्छ । चलचित्रमा निर्माताको रुपमा कलाकार कुमार कट्टेल ‘जिग्री’लाई देख्न सकिन्छ भने चलचित्रको जिम्मा कुनै नयाँ ब्यानरलाई दिने लगभग पक्का पक्की भइसकेको छ ।हाम्रो तर्फ बाट ‘भद्रगोल’ टोली लाई शुभकामना ।