मिस काभ्रे (काभे लेडिज ट्यालेन्ट शो २०७३) को अन्तिम तयारी
बैद्धिकतास हितको सौन्दर्यभन्ने नाराका साथ काभे्रका युवतीहरुमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भैरहेको काभ्रे लेडिज ट्यालेन्ट शो २०७३ (मिस काभे्र) को आठौं संस्करणको तयारी काभे्रस्थित बनेपामा भैरहेको छ ।
काभे्र जिल्लाको धुलिखेल, नाला, बनेपा पाँचखाल, पनौती, भैसीपाटी, साँगा भकुण्डे, शंखु आदि ठाउँबाट प्रतिस्पर्धीहरुले आबेदन फराम भरी उत्कृष्ट १० जना फाइनलका लागि छनौट भएका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना हुने यो प्रतियोगितामा १६ देखी २२ बर्ष उमेर समूहका अविवाहित युवतीहरुको सहभागिता छ । अन्तिम प्रतिस्पर्धा लागि छनोट भएका प्रतियोगीलाई कोरियोग्राफर राज फैजुले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रममा व्यक्तित्व विकास, एक्टिङ, डान्स, उद्घोषण आदिका बारेमा प्रतियोगीहरुले प्रशिक्षण लिइरहेका छन् । प्रतियोगीता अन्तरगतको फोटोसुट ग्लामरस आइकन नेपालबाट सम्पन्न भैसकेको छ, जसबाट मिस फोटोजेनिक, पर्सनालिटी र स्माइल अवार्डको छनौट गरिने छ । आयोजक र प्रतियोगीहरुको तर्फबाट बनेपा स्थित बौद्ध बृद्धाश्रममा जाडोको न्यानो सामाग्रीका
साथै खानेकुरा पनि वितरण गरिएको थियो । अहिले प्रतिस्पर्धीहरु ग्राण्ड फिनालोका लागि व्यस्त छन्, कार्यक्रमको फाइनल आगामी पुस २ गते बनेपामा सम्पन्न हुदैछ ।