रभ्नाले जितिन् मिस इन्डिजिनियस हेरिटेज नेपालको उपाधि

सोमबार काठमाडौंमा सम्पन्न ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ को उपाधि रभ्ना तन्डुकारले जितेकी छिन् । प्रज्ञाभवनमा सम्पन्न प्रतियोगितामा रभ्नाले ४२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधिसंगै रभ्नाले २५ हजार रुपैया नगद पुरस्कार पनि प्राप्त गरिन् ।
प्रतियोगितामा अर्चना प्रधानले फस्ट रनर्सअप तथा मलिका बमजन तामाङले सेकेन्ड रनर्सअपको उपाधि जिते । मलिकाले पिक्चर पर्फेक्ट र पब्लिक च्वाइस विधाको एवार्ड पनि जितिन् । अर्चना र मलिकाले क्रमशः नगद पुरस्कार १० तथा १५ हजार रुपैया प्राप्त गरे ।
प्यासिफिक इभेन्ट एण्ड म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा सहभागीहरूले तेह्रथुमे ढाका बुटिकले तयार पारेको पहिरनमा आफूलाई प्रस्तुत गरेका थिए । रोजिन शाक्यको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा पूनम श्रेष्ठ एलिगेन्ट, कविता श्रेष्ठ बेस्ट हेयर, स्मृति राई बेस्ट स्माइल, ममता गुरुङ वेस्ट स्किन, सिमरन श्रेष्ठ बेस्ट अटाएर विधामा विजेयी भए । यसका साथै फुरु ल्हामु शेर्पा डिसिप्लिन, मीना श्रेष्ठ फ्रेन्डसिप, निशा लिम्बू पर्सनालिटी, सुजना बूढा मगर चार्मिङ तथा प्रिया लिम्बू ट्यालेन्ट विधामा उत्कृष्ट भए । प्रतियोगितात्मक कार्यक्रमलाई गायकद्वय दीपक लिम्बू र रुक्मान लिम्बू तथा निशा पोमु आदि कलाकारले मनोरञ्जक बनाएका थिए ।