पछिल्लो समय बलिउड बजारमा अभिनेत्री ताप्सी पन्नुको चर्चा बढ्दो छ । ग्ल्यामर अवतारमा चलचित्र ‘जुड्वा २’को ट्रेलरमा देखिएकी ताप्सीले पछिल्ला केही चलचित्र ‘पिंक’, ‘नाम सबाना’, र ‘द गाजी अट्आक’मा गम्भीर भूमिकामा देखिएकी थिइन् । साउथ चलचित्रमा चर्चित रहेकी ताप्सीले हट अवतारमा पहिलो पल्ट बलिउड सिनेमा काम गर्ने लागेकी हुन् । सन् २००० मा हिट भएको चलचित्र जुड्वाको सिक्वेलको रूपमा रहेको जुड्वा २ को ट्रेलर सार्वजनिक भइसकेको  छ । ट्रेलरमा ताप्सीको बिकिनी अवतार पछि उनको चर्चा भएको हो ।
‘पिंक’ र ‘नाम सबाना’ जस्ता फिल्ममा गम्भीर र शालीन भूमिका निर्वाह गरेकीले ताप्सीलाई ग्ल्यामरवाला भूमिकामा देख्दा दर्शक आश्चर्यमा परेका हुन् । दर्शकले ‘जुड्वा २’को आफ््नो फरकखाले भूमिकालाई पनि मन पराइदिने आशामा छिन् उनी । यद्यपि बिकिनीवाला भूमिका निर्वाह गरेँ भन्दैमा त्यसलाई फरक भन्न नमिल्ने उनको तर्क छ ।