चलचित्र ‘२ रुपैयाँ’को बुकिङ खुल्ला गरिएको छ । सिगंल रिलिज पाएको चलचित्र ‘२ रुपैयाँ’को मंगलबारबाट बुकिङ खुल्ला गरिएको हो । असिम शाहको निर्देशनमा बनेको चलचित्र २ रुपैयाँले क्युएफएक्स सिनेमामा २४ शो पाएको छ । सम्भवत क्युएफएक्सले २४ शो दिएको लुट २ पछिको यो दोस्रो सिनेमा हो । बुकिङ खुल्ला भएसँगै शुक्रबारको लागी केही शोहरु बुकिङ भइसकेको छ ।

पैसा कमाउनको लागी दुई युवाले गरेको सर्घषलाई ‘२ रुपैयाँ’मा देखाइएको छ । चलचित्रमा समावेश भएको ‘कुटुमा कुटु’ले प्रदर्शन हुनु अगावै २ करोड भ्युयर्स कमाइसकेको छ भने ट्रेलरले चर्चा पाएको थियो । चलचित्रमा निश्चल बस्नेत, आसिफ शाह, मेनुका प्रधान, बुद्धि तामाङ, रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।