एक करोड पटक हेरियो ‘ए दाजु नसमाऊ नाडीमा’
चलचित्र ‘छक्का पञ्जा २’ मा समावेश गरिएको ‘ए दाजु नसमाऊ नाडीमा, हीलो लाग्ला नाइलनको साडीमा‘। बोलको गीत करोड क्लबमा प्रबेश गरेको छ । असोज ११ मा प्रदर्शनको तयारीमा रहेको चलचित्र छक्कापञ्ज २ मा समावेश उक्त गीत युटुबमा एक करोड तीन हजार पटक हेरिएको छ ।
गीत स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे र स्वरूप सिंह गाडीको यात्राका क्रममा छायांकन गरिएको छ । प्रिन्स र दीपकराज गिरीले लेखेको गीतलाई अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ । आगामी असोज ११ गते रिलिज हुने ‘छक्का पञ्जा २’ को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रको निर्माण दीपकराज गिरीले गरेका छन् ।