देशैभरी लालपुर्जा
एउटा काल्पनिक मितेरी गाउँका बासिन्दा हुन्— सौगात मल्ल र विपिन कार्की । मितेरी गाउँलाई बेसक्याम्प बनाएर पर्यटकहरू अक्षरगञ्जको पहाड उक्लन जान्छन् । गाउँमा भनाइ छ कि अक्षरगञ्जको पहाड पापीहरूले चाहिँ उक्लन सक्दैनन् । पापीहरूले उक्लन खोजे चिप्लेर खस्छन् । मितेरी गाउँ रमाइलो छ । कोही कसैको मीत त कोही कसैको । मीतैमीतहरूको रमाइलो गाउँमा सौगात र विपिन सौतेनी दाजुभाइ हुन्छन् । सौगात आफ्नो साथी कामेश्वरसँग गाउँमा मस्ती गर्दै हिंडछ । उसले गाउँमा आएकी एउटी युवती मेरुना मगरलाई औधी मन पराउँछ ।
अर्कातर्फ विपिन आफ्नी श्रीमती मेनुका श्रेष्ठसँग खुसी छ । सौगात र विपिन एक–अर्कालाई देखिसहँदैनन् । उनीहरूको झगडाले गाउँमा बेलाबखत तनाव सिर्जना गर्छ । आज शुक्रबारदेखि प्रदर्शनमा आउने फरक कथा बोकेको चलचित्र ‘लालपुर्जा’का निर्देशक निगम श्रेष्ठले यसअघि चलचित्र ‘छड्के’ निर्देशन गरेका थिए । यसपटक उनले गाउँले कथामा चलचित्र तयार पारेका छन् ।
निर्देशक : निगम श्रेष्ठ संगीत : जेसन कुँवर
कलाकार : सौगात मल्ल, विपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, कुमार नगरकोटी, मेरुना मगर, कमलमणि नेपाल आदि ।