नेपाल टेलिकम तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ को सर्बोत्क्रिस्ट महिला मोडेलमा सुश्मा अधिकारी
केही दिन अघि तेस्रो नेपाल टेलिकम नेपाली म्युजिक भिडियो अवार्ड २०१८ मलेसियामा भब्यताका साथ सम्पन्न भएको छ । जसमा अहिलेकी ब्यस्त नायिका तथा मोडल शुस्मा अधिकारीले उत्कृष्ठ महिला मोडल बिधामा अवार्ड हात पार्न सफल भएकी छिन् । नायिका तथा मोडल शुस्मा अधिकारीको नाम नसुनेको ब्यक्ती कमी नै मात्रामा होलान् । सुस्मा अधिकारी नाम फिल्मी र सांगीतीक क्षेत्रमा प्रख्यात नाम हो । नायिका तथा मोडल अधिकारी थुप्रै चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नुका साथै देश तथा बिदेशका बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाएर लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल भएकी छिन् ।