मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा
काठमाडौँ –अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न भएको छ । नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजनामा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो । कुल ३० प्रतियोगीको सहभागिता रहने यस प्रतियोगिताको दोश्रो चरणको छनौट साउन ९ गते शनिबार हुनेछ । छनौट हुने प्रतियोगीहरुले विभिन्न किसीमका तालीमहरु पाउने छन् । यस प्रतियोगिताको बिजेताले मिस एसीयामा सहभागिता जनाउने अवसर पाउनुका साथै नगद एक लाख पुरस्कार पनि पाउनेछ । गतवर्षकी विजेता उकुशा गिरीले मिस एसीयामा सहभागी हुदै नेपाललाई एउटा बिधामा उपाधी दिलाएकी थिइन् । “गतवर्ष उकुशाले नेपालको प्रतिनिधीत्व गर्दै एउटा बिधामा उपाधी ल्याएकी थिईन्”, आयोजक संस्था नेक्स्ट इभेन्ट इन्टरनेशनलका कार्यकारी निर्देशक दिवस खनियाले भने – “यसपटक भने उपाधी नै जित्ने गरी तयारी गरीरहेका छौँ ।” प्रतियोगिताको फाइनल साउनको दोश्रो हप्ता हुने आयोजकले बताएका छन् ।