‘आइफा’ अवार्डसम्बन्धी कार्य रोक्न संसदीय समितिको निर्देशन
छिल्लो समय नेपाली र जतपटमा निकै चर्चा परिचर्चामा आएको विषय हो बलिउडको प्रतिष्ठित ‘आइफा अवार्ड’ । आइफाको २०औँ संस्करण नेपालमा आयोजना हुने र खर्च पनि नेपालले नै गर्ने निर्णय भए पछि नेपाली सिने कर्मी देखी आम सर्वसाधारणको चासोको विषय बनेको छ । यस विषयलाई प्राथमिकता दिँदै आयोजित विभिन्न कार्यक्रमहरूमा समेत यो विषय बहसमा आइरहेको छ । यसैबिच सोमबार चलचित्र विकास बोर्डको १९ औँ वार्षिकोत्सवमा समेत यो विषयले ठुलो ठाउँ पायो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस विषयमा खुलेर बोलेका छन् । अवार्डका लागि अनुमति दिएको तर बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पार्दै मन्त्री गोकुल बास्कोटाले भने, ‘आइफा अवार्डलाई सरकारले १ रुपैयाँ पनि दिने निर्णय गरेको छैन’ । सरकारले एक अर्ब रुपैयाँ दिने कुरा आफ्नो कानले समेत नसुनेको भन्दै थाहा नभएको कुरा धेरै बोल्नु हुँदैन, ‘सरकारले पैसा दिएको छैन, दिने निर्णय पनि गरेको छैन’ । काठमाडौँ महानगरपालिका र सरकारले सक्ने किसिमको सहयोग गरे पनि पैसाको विषयमा अनावश्यक हल्ला नफैलाउन उनले आग्रह समेत गरे ।