‘कोहलपुर एक्सप्रेस’मा लिएको तनावलाई केकी अधिकारीले ‘छ माया छपक्कै’को सेटबाट बिदा गरिन्
चलचित्र ‘छ माया छपक्कै’का छायांकार हरि हुमागाँइको जन्मदिनमा शुभकामना दिने क्रममा केकीले भनिन्–‘छ माया छपक्कैमा काम गरेपछि मैले थाहा पाएँ कि, ‘कोहलपुर एक्सप्रेस’मा काम गर्दा मैले धेरै नै तनाव लिएकी रहेछु । ‘कोहलपुर एक्सप्रेस’मा लिएको तनावलाई मैले ‘छ माया छपक्कै’को सेटबाट बिदा गरेको छु ।’
उनले चलचित्रको सेटमा ४० दिनसम्म काम गर्दा निकै नै खुशी साटेको भन्दै अब झनै रमाइलो हुने समेत प्रतिक्रिया दिइन् । नायिका केकी अधिकारी करिअरकै पहिलो हिट चलचित्रको रुपमा ‘छ माया छपक्कै’ हुनेमा आशावादी देखिएकी छिन् ।